विदेश

कान्दाहारमा भएको सुरक्षा कारबाहीमा ७४ बढी तालिवान विद्रोहीको मृत्यु

हिमालय टिभी
२०७७ पुष ६ गते ७:१८
कान्दाहारमा भएको सुरक्षा कारबाहीमा ७४ बढी तालिवान विद्रोहीको मृत्यु

६ पुस २०७७ काबुल । अफगानिस्तानको कान्दाहारमा भएको सुरक्षा कारबाहीमा कम्तिमा ७४ जना तालिवान विद्रोहीको मृत्यु भएको छ।

तालिवानी लडाकूको आधार क्षेत्र मानिने कान्दाहारमा भएको कारबाहीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

रक्षा मन्त्रालयले ट्वीटरमार्फत् कान्दाहारको झेरिया, दाँद, पञ्जाब र अर्गान्दाब जिल्लामा भएको पछिल्लो कारवाहीमा ७४ तालीवान लडाकू मारिएको बताएको छ ।

सरकारी सेनाको नियन्त्रणमा रहेका भूभागमा विद्रोहीले आक्रमणको तयारी थालेको आरोप लगाउँदै सेनाले शुरु गरेको कारवाहीका क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कारवाहीका क्रममा विद्रोही समूहबाट ठूलो मात्रामा हतियार तथा बन्दोबस्तीका सामान नियन्त्रणमा लिइएको सरकारी अधिकारीले दाबी गरेका छन् ।

अमेरिका तालीवान समूहबीच अफगानिस्तानमा शान्तिका लागि गरेको सम्झौतापछि द्वन्द्व केही कम बनेको थियो । तर सरकार र विद्रोहीले आफ्नो प्रभाव देखाउन पछिल्ला दिनमा आक्रमण र प्रत्याक्रमण जारी राखेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *