कला/मनोरञ्जन

डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो

हिमालय टिभी
२०७७ पुष ४ गते २२:४५
डान्सिङ्ग विथ द स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीको जोडीले जित्यो

४ पुस २०७७ काठमाडौं । सुमी मोक्तान र बिजु पार्कीको जोडीले हिमालय टेलिभिजन एचडीको रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलनमा वुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडीलाई पछाडी पार्दै सुमी मोक्तान र बिजु पार्कीको जोडी विजेता बनेको हो । फस्ट रनरअप वुद्ध लामा र केबिका खत्रीको जोडी बन्यो भने सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेलको जोडीले जितेको छ ।

आईएमई एप्समार्फत दर्शकले गरेको भोटिङ्गका आधारमा विजेता चयन गरिएको हो । बिजेता जोडीले २० लाख नगदिहपत अन्य पुरस्कार पाएका छन् । नेपालको अग्रणी बिजनेस ग्रुप आइएमइले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने पावर्डबाई स्पोन्सरमा एनएमबी बैंक र गोदरेज नम्बर वान तथा को-स्पोन्सर्डमा भाया नेट र इलोइस हेयर रिमुभिङ्ग क्रिम छन् ।

असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाल, डाबर अमला, सेन्सोडाइन र डिस होम फाइबर नेट, डिस होम गो, अनलाईन खबर, नेपालहोम्स डटकम छन । मार्केटिङ्ग पार्टनरमा एस मिडिया एन्ड मार्केटिङ्ग प्रालि रहेको छ ।

शो डान्सिङ्ग विथ द स्टार्सको प्रशारण सकिएपछि अब हिमालय टेलिभिजन एचडीले अर्को रियालिटी शो द भ्वाइस अफ नेपाल प्रशारण गर्ने छ । द भ्वाइस अफ नेपालको अहिले अडिसन चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *