कला/मनोरञ्जन

चर्चित रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको फाइनल आज

हिमालय टिभी
२०७७ पुष ४ गते १५:१२
चर्चित रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको फाइनल आज

४ पुस २०७७ काठमाडौं । हिमालय टेलिभिजन एचडीको चर्चित रियालिटी शो डान्सिङ्ग विथ द स्टार्सको फाइनल आज हुँदै छ ।

बुद्ध लामा र केबिका खत्री, सुमी मोक्तान र बिजु पार्की तथा प्रियना आचार्य र सुभम् भुजेलको जोडी डान्सिङ्ग विथ द स्टार्सको फाइनलमा पुगेको छ ।

यि ३ जोडीमध्ये दर्शकको भोटका आधारमा एक जोडी विजेता बन्ने छ । आईएमई एप्समार्फत बेलुकी आठ बजेसम्म नै भोटिङ्ग गर्न सकिने छ । बिजेता जोडीले २० लाख नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन ।

नेपालको अग्रणी बिजनेस ग्रुप आईएमईले कार्यक्रमको टाइटल प्रायोजन गरेको छ भने पावर्डबाई स्पोन्सरमा एनएमबी बैंक र गोदरेज नम्बर वान तथा को–स्पोन्सर्डमा भाया नेट र इलोइस हेयर रिमुभिङ्ग क्रिम छन् ।

असोसिएट स्पोन्सरतर्फ हिरो मोटरसाइकल, एलआइसी नेपाल, डाबर अमला, सेन्सोडाइन र डिस होम फाइबर नेट, डिस होम गो, अनलाईन खबर, नेपालहोम्स डटकम छन । मार्केटिङ्ग पार्टनरमा एस मिडिया एन्ड मार्केटिङ्ग प्रालि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *