विदेश

विश्वभर एकैदिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, संख्या ७ करोड ५८ लाख नाघ्यो

हिमालय टिभी
२०७७ पुष ४ गते ९:१३
विश्वभर एकैदिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिए, संख्या ७ करोड ५८ लाख नाघ्यो

४ पुस २०७७ काठमाडौं । कोरोना महामारी शुरु भएको एक वर्ष हुन लागेको छ । यस अवधिमा विश्वभर कोरोना सङ्क्रमित थपिने क्रम निरन्तर जारी छ ।

पछिल्लो समय विश्वभर एकैदिन कोरोना संक्रमित थपिने दर ५ लाख नाघेको छ । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा ७ लाख २ हजार ५ सय ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ५९ लाख ८७ हजार ३ सय ६७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर थप १२ हजार २ सय ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ लाख ८० हजार २ सय ५९ पुगेको छ ।

यस्तै हालसम्म कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ५ करोड ३२ लाख ४९ हजार १ सय ८३ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड १० लाख ५७ हजार ९ सय २५ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *