विदेश

कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै धेरै १३ हजार ५ सय जनाको मृत्यु

हिमालय टिभी
२०७७ पुष २ गते ८:१२
कोरोना संक्रमणबाट विश्वमा एकैदिन अहिलेसम्मकै धेरै १३ हजार ५ सय जनाको मृत्यु

२ पुस २०७७ काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो पटक विश्वभर हालसम्मकै धेरै मानिसको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै करिब १३ हजार ५ सय जनाको मृत्यु भएको हो । यसअघि यही डिसेम्बर १० तारिखमा एकैदिन सबैभन्दा धेरै करिब १३ हजार जनाले ज्यान गुमाएका थिए ।

सबैभन्दा बढी अमेरिकामा झण्डै ३ हजार ५ सय जनाको मृत्यु भएको छ । अमेरिकामा पनि एकैदिन ज्यान गुमाउनेको संख्या हालसम्मकै उच्च हो । यसभन्दा अघि त्यहाँ यही डिसेम्बर ९ तारिखमा सबैभन्दा बढी ३ हजार २ सय ६३ जनाको मृत्यु भएको थियो ।

यससँगै अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख १४ हजार नाघेको छ । अमेरिकापछि ब्राजिलमा ९ सय ६८, मेक्सिकोमा ८ सय १, जर्मनीमा ७ सय ४९, इटालीमा ६ सय ८० तथा बेलायतमा ६ सय १२ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाबाट ज्यान गुमाउने मानिसको संख्या १६ लाख ५५ हजार नाघेको छ । त्यस्तै बुधबार विश्वभर झण्डै ७ लाख १५ हजार जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी अमेरिकामा करिब २ लाख ४७ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या १ करोड ७३ लाख नाघेको छ । त्यस्तै ब्राजिलमा ६८ हजार, टर्कीमा २९ हजार तथा जर्मनीमा २८ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भयो ।

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ७ करोड ४५ लाख भन्दा बढी पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *