विदेश

अमेरिकामा शुरु भयो कोरोनाविरुद्धको खोपको प्रयोग

हिमालय टिभी
२०७७ मंसिर ३० गते ७:२०
अमेरिकामा शुरु भयो कोरोनाविरुद्धको खोपको प्रयोग

३० मंसिर, २०७७ न्युयोर्क । अमेरिकाका कोरोना भाइरसविरुद्ध खोप लगाउने अभियान शुरु भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खोप अभियान औपचारिक रुपमा शुरु गरिएको जानकारी गराएका हुन् । उनले ट्विटमार्फत अमेरिकामा पहिलो खोप लगाइएको भन्दै बधाई, बधाई विश्व लेखे ।

फाइजर र बायोएनटेकद्वारा विकसित कोरोनाको पहिलो खोप अश्वेत नर्स सन्ड्रा लिन्ड्जेलाई लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा पहिलो चरण स्वास्थ्यकर्मीलाई खोप दिइनेछ। त्यसका लागि अमेरिकाका विभिन्न राज्यका १ सय ४५ स्थानमा खोप पुर्‍याइएको छ।

राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पनि खोप लगाउन प्रस्ताव गरिए पनि यसबारे केही आधिकारी जानकारी आइसकेको छैन । त्यस्तै नवनिर्वाचित राष्ट्रपनि जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई पनि खोप लगाउने योजना छ।

अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित देश हो । त्यहाँ विश्वमै कोरोना संक्रमित र मृतक संख्या सबैभन्दा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ झण्डै १ लाख ८९ हजार जनामा संक्रमण हुँदा करिब १ हजार ६ सय जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *