विदेश

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ मंसिर २७ गते ९:४६
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण पुष्टि

२७ मंसिर, २०७७ काठमाडौं । पछिल्लो पटक विश्वमा हालसम्मकै धेरै मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

बितेको २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै करिब ७ लाख ३ हजार जनामा संक्रमण पुष्टि भएको हो । एकदिन अघि डिसेम्बर १० तारिखमा मात्रै एकैदिन हालसम्मकै धेरै करिब ६ लाख ९५ हजार जना संक्रमित भएका थिए ।

सबैभन्दा बढी अमेरिकामा झण्डै २ लाख ४७ हजार जनामा संक्रमण भएको छ । अमेरिकापछि ब्राजिलमा ५२ हजार, टर्कीमा ३२ हजार, भारतमा ३० हजार तथा रुसमा २८ हजार भन्दा बढी संक्रमित भए ।

विश्वमै सबैभन्दा बढी संक्रमित रहेका अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ६२ लाख ९५ हजार नाघेको छ । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड १४ लाख १९ हजार नाघेको छ ।

यस्तै संक्रमणका कारण शुक्रबार विश्वमा करिब १२ हजार ५ सय जनाको मृत्यु भयो । अमेरिकामा सबैभन्दा बढी ३ हजार १९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ । त्यस्तै विश्वभर कोरोनामुक्त हुनेको संख्या ४ करोड ९७ लाख नजिक पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *