विदेश

बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति घोषित

हिमालय टिभी
२०७७ मंसिर २६ गते १५:१२
बाइडेन र ह्यारिस टाइम वर्ष व्यक्ति घोषित

२६ मंसिर, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस टाइम वर्ष व्यक्ति बनेका छन् ।

अमेरिकी पत्रिका टाइमले प्रत्येक वर्ष घोषणा गर्ने टाइम वर्ष व्यक्तिमा यस वर्ष बाइडेन र ह्यारिस परेका हुन् । कुनै वर्षभर अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा बढी प्रभाव पार्न सफल विश्वभरका प्रभावशाली व्यक्तिहरुमध्येबाट एक जनालाई टाइम वर्ष व्यक्ति घोषणा गर्ने गरिन्छ ।

यस वर्ष टाइमले संयुक्तरुपमा बाइडेन र ह्यारिसलाई वर्ष व्यक्तिमा छानेको हो । गत नोभेम्बर तीन तारिखमा सम्पन्न राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बाइडेनले राष्ट्रपति र ह्यारिसले उपराष्ट्रपतिका रुपमा हाउसको यात्रा तय गरेका छन् ।

बाइडेन र ह्यारिसले आउने जनवरी २० तारिखमा शपथ ग्रहण गर्दैछन् । गत वर्ष जलवायु परिवर्तनमा सचेतना जगाएर सानै उमेरमा विश्व चर्चित बनेकी स्वीडेनकी वातावरण अभियन्ता ग्रेटा थनवर्ग टाइम वर्ष व्यक्तिमा छानिएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *