विदेश

फेसबुकविरुद्ध अमेरिकामा अहिलेसम्मकै ठुलो मुद्दा दायर

हिमालय टिभी
२०७७ मंसिर २५ गते ८:५७
फेसबुकविरुद्ध अमेरिकामा अहिलेसम्मकै ठुलो मुद्दा दायर

२५ मंसिर, २०७७ न्युयोर्क । सामाजिक सञ्जाल फेसबुकलाई टुक्र्याउन भन्दै अमेरिकामा मुद्दा दायर भएको छ ।

फेसबुकले गैरकानूनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र कमजोर पार्ने काम गरेको भन्दै अमेरिकाका संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले मुद्दा दर्ता गरेका हुन् ।

फेसबुक कम्पनीविरूद्ध अमेरिकी सरकारले लिएको यो अहिलेसम्मकै सबैभन्दा उल्लेख्य कानूनी कदम हो । ४८ राज्यले लगाएको उक्त मुद्दाको नेतृत्व गरेकी न्यूयोर्ककी महान्यायाधिवक्ताले फेसबुकले एक दशकसम्म प्रतिस्पर्धीहरूलाई चुप लगाउन प्रयोगकर्ताहरूको मूल्यमा आफ्नो एकाधिकारको दुरुपयोग गरेको बताएकी छन् ।

फेसबुकले खासगरी साना र सम्भावित प्रतिस्पर्धी कम्पनीलाई किन्ने वा सिध्याउने शैली लिएको आरोप छ । अधिकारीहरूले फेसबुकले सन् २ हजार १२ मा इन्स्टाग्राम र सन् २ हजार १४ मा ह्वाट्सएप किन्ने काम भएको बताएका छन् ।

अधिकारीहरूले इन्स्टाग्राम र ह्वाट्सएपबाट लगानी झिक्न लगाइ फेसबुकको आकार सीमित गरिनुपर्ने माग गरे ।

उता फेसबुकले अहिले अनुसन्धान गर्न खोजिएका सम्झौता नियामकहरूले वर्षौं अघि नै स्वीकृत गरिसकेको जनाएको छ । अमेरिकी व्यवसायलाई कुनै पनि बिक्री अन्तिम होइन भन्ने डरलाग्दो चेतावनी दिन खोजिएको फेसबुकको भनाइ छ ।

इन्स्टाग्राम र ह्वाट्सएपलाई सफल बनाउन करोडौं खर्च गरेको बताउँदै आफूले मुद्दाको जोडदार ढङ्गले प्रतिरक्षा गर्ने फेसबुकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *