विदेश

पद सम्हालेको सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप दिने बाइडेनको बाचा

हिमालय टिभी
२०७७ मंसिर २४ गते ८:४२
पद सम्हालेको सय दिनमा १० करोडलाई कोरोनाविरुद्धको खोप दिने बाइडेनको बाचा

२४ मंसिर, २०७७ न्युयोर्क । आफ्नो कार्यकालको पहिलो सय दिनमा १० करोड अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य रहेको नजनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो महिनामै कोरोना महामारी नियन्त्रणमा लिन नसकेपनि कोरोना बारे हालको अवस्थामा धेरै परिवर्तन आउने बाइडेनले दाबी गरे ।

आगामी जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ ग्रहण पश्चात स्वास्थ्य सेवाको नेतृत्व सम्हाल्ने टोलीको घोषणा गर्दै उनले पुनस् मास्क लगाउन जोड दिए । फाइजर र बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गर्ने तयारी गरेको छ ।

महामारीबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा विश्वमै कोरोनाका संक्रमित र त्यहाँ यसबाट सबैभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ५५ लाख ९१ हजार नाघ्दा मृत्यु हुनेको संख्या २ लाख ९४ हजार नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ झण्डै २ लाख ९ हजार जनामा संक्रमण हुँदा करिब ३ हजार जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *