विदेश

पाकिस्तानमा कोरोनाको दोस्रो लहर आएपछि उपचारमा समस्या

हिमालय टिभी
२०७७ मंसिर २२ गते १९:०४
पाकिस्तानमा कोरोनाको दोस्रो लहर आएपछि उपचारमा समस्या

२२ मंसिर, २०७७ इस्लामावाद । पाकिस्तानमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि संक्रमितको उपचारमा समस्या हुन थालेको छ ।

पहिलो चरणमा कोरोनासँग सहजतापूर्वक लडेको भनेर प्रशंसा पाएको पाकिस्तानले दोस्रो लहरमा भने आलोचना खेपेको छ । त्यहाँ अहिले संक्रमितको उपचारमा आवस्यक अक्सिजनको चरम अभाव हुन थालेको छ ।

अक्सिजन अभाव हुँदा पेसावरको एक सरकारी अस्पतालमा पाँच जना कोरोना संक्रमितसहित ६ जनाको ज्यान नै गएको छ । पछिल्लो पटक पाकिस्तानका अस्पतालमा अक्सिजनको आपुर्ति निकै न्युन भइरहेको छ ।

समयमै अक्सिजन आपुर्ति नहुँदा बिरामीलाई पनि आवस्यकताभन्दा कम परिमाणमा दिने गरिएको छ । अस्पतालले बिरामीका आफन्तलाई नै अक्सिजन किन्न भनेको खबर पनि आएका छन् ।

सरकारले उक्त अस्पतालका निर्देशकसहित सात जना कर्मचारीलाई निलम्बन गरेको छ । पाकिस्तानमा कोरोना संक्रमणबाट अहिलेसम्म चार लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने आठ हजारभन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *