विदेश

कोरोना भाइरस चीनबाट नफैलिएको एक अमेरिकी अनुसन्धानको प्रारम्भिक निष्कर्ष

हिमालय टिभी
२०७७ मंसिर २० गते ७:१७
कोरोना भाइरस चीनबाट नफैलिएको एक अमेरिकी अनुसन्धानको प्रारम्भिक निष्कर्ष

२० मंसिर, २०७७ न्युयोर्क । अमेरिकाको एक अनुसन्धानले कोरोना भाइरस चीनबाट नफैलिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

चीनको वुहानमा देखिएको कैयौ‌ं साता पहिले नै कोरोना भाइरसबाट संक्रमित भइसकेको एक अनुसन्धानले देखाएको छ । अमेरिकाका वैज्ञानिकले गरेको नयाँ अनुसन्धानले भाइरसले त्यसभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेको देखाएको हो ।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का वैज्ञानिकले गरेको अनुसन्धान विवरण क्लिनिकल इन्फेन्क्शियस डिजिज नामको पत्रिकामा छापिएको छ।

अहिलेसम्मको विवरण अनुसार आधिकारिक रुपमा कोरोना भाइरसबारे सन २ हजार १९ को डिसेम्बर ३१ मा चीनको वुहानबाट चेतावनी आएको देखिन्छ । त्यसबेला चीनको वुहानमा रहेको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले एक चेतावनी जारी गर्दै यस्ता मामिलाको पहिलो पटक पुष्टि गरेका थिए ।

चेतावनी पत्रमा संक्रमित भएका मानिसमा निमोनियाको गम्भीर लक्षण देखिएको उल्लेख थियो । तर महामारी शुरु भएको ११ महिनापछि शोधकर्ताहरुले अमेरिकाको तीन राज्यका ३९ जनामा कोरोना भाइरसको एन्टीबडी भएको पत्ता लगाएका थिए ।

उनीहरुका अनुसार यो एन्टीबडी चीनले कोरोना भाइरससँग जोडिएको चेतावनी दिएको दुई साता पहिले नै ३९ जना अमेरिकीमा देखिएको थियो । कुनै पनि व्यक्तिको शरीरमा एन्टीबडी पाइनु भनेको उक्त मानिस कोरोना संक्रमित भएको बुझिन्छ ।

तर सीडीसीका शोधकर्ताहरु चीनमा भन्दा पहिले नै शरीरमा एन्टीबडी बनिसकेका ती अमेरिकी आफ्नै देशमा संक्रमित भए वा विदेशबाट संक्रमित भएर आए भन्‍ने निष्कर्षमा अझै पुगिसकेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *