विदेश

फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप प्रयोगमा बेलायतको अनुमति

हिमालय टिभी
२०७७ मंसिर १७ गते १५:००
फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप प्रयोगमा बेलायतको अनुमति

१७ मंसिर, २०७७ लण्डन । बेलायतले फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । फाइजरको खोप प्रयोगका लागि अनुमति दिने बेलायत पहिलो मुलुक हो ।

यसअघि फाइजरले अमेरिका र युरोपमा खोप प्रयोगका लागि अनुमति माग्दै आवेदन दिएको थियो । बेलायतले अर्को हप्ताबाट खोप प्रयोगमा ल्याउने गरी अनुमति दिएको विविसीले जनाएको छ ।
विश्वमा धेरै खोप विकासका क्रममा रहेपनि कुनैले पनि मान्यता पाएका थिएनन् ।

स्वास्थ्य सम्बन्धी बेलायतको सरकारी संस्था एमएचआरएले यो खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै अर्को साताबाट प्रयोग गर्ने बताएको छ ।

पहिलो चरणमा यो खोप बृद्ध–बृद्धालाई लगाइनेछ । त्यसका लागि बेलायतले दुई करोड मानिसका लागि चार करोड डोज मगाइसकेको छ । यो खोप एक ब्यक्तिलाई दुई साताको अन्तरमा दुई डोज दिनु पर्नेछ ।

करिव ५० वटा अस्पतालमा यो खोप दिइनेछ, जसले विभिन्न स्थानमा खोप केन्द्र तोक्नेछ । खोप लगाएपछि पनि बेलायत सरकारले मानिसलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अवलम्बन गर्न भनेको छ । विश्वमा कोरोना भाइरसविरुद्ध एक दर्जन भन्दा बढी खोप विकासको क्रममा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *