विदेश

ट्रम्पले भनेजस्तो चुनावमा धाँधलीको कुनै प्रमाण नभएको महान्यायाधिवक्ताको प्रष्टिकरण

हिमालय टिभी
२०७७ मंसिर १७ गते ८:२१
ट्रम्पले भनेजस्तो चुनावमा धाँधलीको कुनै प्रमाण नभएको महान्यायाधिवक्ताको प्रष्टिकरण

१७ मंसिर, २०७७ न्युयोर्क । हालै सम्पन्न राष्ट्रपति चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण नभेटिएको अमेरिकी महान्याधिवक्ताले बताएका छन् ।

राष्ट्रपति ट्रम्पको दाबी गरेजस्तो चुनावमा धाँधली भएको कुनै प्रमाण फेला नपरेको महान्याधिवक्ता विलियम बारले बताएका हुन् । अहिलेसम्म धाँधलीको कुनै प्रमाण फेला नपरेका कारण मत परिणाम प्रभावित नभएको उनले बताए ।

बारले न्याय विभागलाई चुनावमा धाँधली भए–नभएको बारे छानबिन गर्न न्याय विभागलाई निर्देशन दिएका थिए । न्याय विभागले ट्रम्पको आरोप वा दाबीलाई प्रमाणित गर्ने कुनै पनि प्रमाण फेला नपारेको महान्यायाधिवक्ता बारले जनाए ।

महान्यायाधिवक्ताको यस्तो बयानसँगै राष्ट्रपति ट्रम्पलाई ठूलो धक्का लागेको छ । गएको नोभेम्बर ३ मा सम्पन्न चुनावमा ट्रम्पले धाँधली भएको र नतिजा आफूबाट खोसिएको आरोप लगाउँदै अझै आफ्नो हार स्वीकार गरेका छैनन् ।

त्यस्तै ट्रम्प पक्षले चुनावमा धाँधली भएको दाबी गर्दै मुद्दा हालेका अधिकांश राज्यमा हारको सामना गर्नु परिरहेको छ । विभिन्न राज्यले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई औपचारिकता प्रदान गरिरहेका छन् ।

बाइडेनले राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २ सय ७० मध्ये ३ सय ६ इलेक्टोरल कलेज मत पाउने निश्चित भएको छ ।

उता पराजित भएका राष्ट्रपति ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाएका छन् । त्यस्तै बाइडेन पपुलर मतमा ट्रम्प भन्दा कम्तिमा ६२ लाख मतले अघि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *