विदेश

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघ्यो

हिमालय टिभी
२०७७ मंसिर १६ गते ९:०१
विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघ्यो

१६ मंसिर, २०७७ काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण सङ्क्रमितको सङ्ख्या साढे ६ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर थप ४ लाख ८८ हजार २ सय९८ जना नयाँ सङ्क्रमित थपिएका छन् । गत डिसेम्बर ३१ मा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना सङ्क्रमणका कारण हालसम्म विश्वभर संक्रमित हुनेको सङ्ख्या ६ करोड करोड ३५ लाख ६९ हजार ८ सय ९१ पुगेको छ ।

वर्ल्डमिटरको तथ्याङ्क अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा मात्रै हालसम्म कोरोना भाइरसका कारण एक करोड ३९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको सङ्ख्या ९४ लाख नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वभर थप ८ हजार २ सय ४२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १४ लाख ७३ हजार ४ सय ७ पुगेको छ ।

हालसम्म विश्वभर ४ करोड ३९ लाख ५२ हजार ७ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल विश्भवर १ करोड ८१ लाख ४३ हजार ७ सय ७२ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *