विदेश

भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो

हिमालय टिभी
२०७७ मंसिर १६ गते ८:५६
भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो

१६ मंसिर, २०७७ नयाँ दिल्ली । भारतमा किसानहरुको जारी आन्दोलनपछि केन्द्र सरकारले आन्दोलनरत किसानलाई वार्तामा बोलाएको छ।

नयाँ कृषि कानूनको विरोधमा दिल्लीको सीमा नाकामा धर्नामा बसेका किसानहरुलाई आज वार्तामा बोलाइएको हो। किसानहरुले ३ डिसेम्बरका दिन वार्ता गर्ने तय भएकोमा आज नै वार्तामा बोलाइएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले किसान संगठनसँग वार्ताका लागि आज अपरान्ह ३ बजेको समय तय गरिएको बताउनुभयो ।

कृषि मन्त्रालयले किसानका ३२ संगठन र तिनका नेताहरुलाई वार्ताका लागि नयाँदिल्लीस्थित विज्ञान भवनमा बोलाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *