विदेश

कोरोना भाइरसको उद्गमस्थल पत्ता लगाउनु अति आवश्यक रहेको डब्ल्यूएचओको निष्कर्ष

हिमालय टिभी
२०७७ मंसिर १६ गते ७:३१
कोरोना भाइरसको उद्गमस्थल पत्ता लगाउनु अति आवश्यक रहेको डब्ल्यूएचओको निष्कर्ष

१६ मंसिर, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उद्गमस्थल थाहा पाउन अति आवश्यक भएको बताएको छ।

डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन सके भविष्यमा यस्ता खालका समस्या रोक्न मद्दत पुग्ने बताए ।

भाइरस उत्पन्न भएको स्थान पत्ता लगाउन हरेक उपाय अपनाएर प्रयास गरिरहेको उनको भनाइ छ । उता चीनका सञ्चारमाध्यमले भने करोना भाइरसको शुरुवात वुहानबाट नभएको दाबी गरेका छन् ।

फ्रोजन खानेकुरामार्फत कोरोना भाइरस कुनै देशबाट चीन भित्रिएको उनीहरूको दाबी छ। चिनियाँ पत्रिका पिपल्स डेली, डेली मेललगायतले भाइरस वुहानमा उत्पन्न भएको कुनै प्रमाण फेला नपरेको दाबी गरेका छन् ।

त्यस्तै चीनका एक महामारी विज्ञ झेङ गुआङले कोरोना भाइरस चीनमा उत्पन्न नभएको भन्दै वुहानमा त्यसको पहिचान मात्र भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *