१५ मंसिर, २०७७ काबुल । अफगानिस्तानको एक सैन्य शिविरमा भएको कार बम विष्फोटमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
अफगानिस्तानको पूर्वी क्षेत्रको गजनी प्रान्तमा सैन्य शिविरमा गराइएको एउटा कार बम आक्रमणमा ३१ जना सुरक्षाकर्मीको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै विष्फोटमा २४ जनाa सुरक्षाकर्मी घाइते भएका छन् । आक्रमणकारीले विष्फोटले भरिएको गाडी सैन्य शिविरमा लगेर विष्फोट गराएका थिए ।
अफगान सुरक्षाकर्मीमाथि पछिल्ला केही महिनायता गरिएका हमला मध्येको यो एउटा ठूलो आक्रमण हो ।
उता अफगानिस्तानकै जाबुलमा सवारीसाधनमाथि गरिएको छुट्टै बम हमलामा तीन जनाको ज्यान भएको छ।