विदेश

टिग्रे क्षेत्र सरकारी सेनाको नियन्त्रणमा आएको प्रधानमन्त्री अहमेदको दाबी

हिमालय टिभी
२०७७ मंसिर १४ गते ७:५५
टिग्रे क्षेत्र सरकारी सेनाको नियन्त्रणमा आएको प्रधानमन्त्री अहमेदको दाबी

१४ मंसिर, २०७७ इथियोपिया । टिग्रे क्षेत्र सरकारी सेनाको नियन्त्रणमा आएको इथियोपियाका प्रधानमन्त्री अबी अहमेदले बताएका छन् ।

उत्तरी टिग्रेको क्षेत्रीय राजधानी मेकेलन सरकारले पूर्ण नियन्त्रणमा लिएको प्रधानमन्त्री अहमेदले दाबी गरेका हुन् । उता विद्रोही समूह तिग्रे पीपुल्स लिबरेसन फ्रन्टका नेताले आफ्नो अधिकारको लडाई जारी रहेको भन्दै अन्तिमसम्म लड्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सरकारले विद्रोही समूह तिग्रे पीपुल्स लिबरेसन फ्रन्टलाई तीन दिनभित्र आत्मसमर्पण गर्न समयसीमा दिएको थियो । तिग्रेमा विद्रोहीको कब्जामा रहेका मेकेलेन शहरमा कारवाही गर्नुअघि नै शान्तपूर्ण रुपमा आत्मसमर्पण गर्न समय दिएको प्रधानमन्त्री अहमेदले बताएका थिए ।

विद्रोहीले गैरकानूनी ढंगबाट त्यस क्षेत्रमा गतिविधि सञ्चालन गरेको भन्दै कारवाही अघि आत्मसमर्पणका लागि समय दिएको उनको भनाइ थियो । ७२ घण्टाको समयसीमा सकिएपछि सेना मेकेलन शहर पुगेको थियो ।

यसैबीच इथियोपियाको टिग्रेबाट सुडान पुगेका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।

राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले खाद्यान्न, बसोबास तथा कपडाको व्यवस्थापनका लागि १५ करोड डलर जरूरी रहेको बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *