विदेश

विश्वमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी

हिमालय टिभी
२०७७ मंसिर १२ गते ८:०२
विश्वमा कोरोना संक्रमण र मृत्युदरमा केही कमी

१२ मंसिर, २०७७ काठमाडौं । विश्वमा कोरवना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ ।

पहिल्लो २४ घण्टामा ५ लाख ३४ हजारमा संक्रमण देखिएको छ भने १० हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।

अघिल्लो दिन ६ लाख १९ हजार भन्दा बढी संक्रमित भएका थिए भने १२ हजार भन्दा बढीको मृत्यु भएको थियो । पछिल्लो समय अमेरिकामा भने संक्रमण दर बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा एक लाख ७ हजार भन्दा बढी संक्रमित थपिएका छन् भने एक हजार ३ सय ३ जनाको मृत्यु भएको छ ।

यस्तै भारतमा ४२ हजार संक्रमित थपिएका छन् भने ४ सय ७३ जनाको मृत्यु भएको छ । संक्रमण दर घट्दो क्रममा रहेको ब्राजिलमा पनि थप ३७ हजारमा संक्रमण भएको छ भने ७ सय जनाको मएत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *