कला/मनोरञ्जन

लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ आजदेखि हिमालय टीभीमा

हिमालय टिभी
२०७७ मंसिर ९ गते १६:४३
लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’ आजदेखि हिमालय टीभीमा

काठमाडौं । लोक तथा दोहोरी गीतको चर्चित कार्यक्रम इन्द्रेणी अबदेखि हिमालय टीभी एचडीमा प्रसारण हुने भएको छ । ‘हिमालय इन्द्रेणी’का रुपमा हरेक दिन साँझ ६ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ ।

विगत १० वर्षदेखि प्रसारण हुँदै आएको यो कार्यक्रम इन्द्रेणी समाजले उत्पादन गर्दछ । कोरोना कहरका कारण केही महिना रोकिएको कार्यक्रम अबदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले जानकारी दिनुभयो ।

नेपाली लोकगीत संगीतको संरक्षण र प्रवर्द्धन गर्दै संगीतमार्फत् असहाय एवं पिछडिएकालाई सेवा पनि गर्ने आफ्नो उद्देश्यबमोजिम कार्यक्रमलाई स्तरोन्नती गरी एचडी क्वालिटीमा हिमालय टीभीमा प्रसारण गर्न लाग्गिएको कँडेलले जानकारी दिनुभयो । आम दर्शकको सुविधालाई ख्याल गरी प्राइम टाइममै कार्यक्रम प्रसारण गर्न लागिएको उहाँले बताउनुभयो ।

इन्द्रेणी लोकगीत संगीतका पारखीमाझ निकै लोकप्रिय छ । देशभरी पुगेर स्थानीय संगीत र प्रतिभाहरुलाई समेत स्थान दिइरहेको इन्द्रेणीले लोकप्रिय कलाकारलाई कार्यक्रम निम्त्याउँदै रोचक दोहोरीसमेत खेलाउँदै आएको छ ।

दर्शकले रुचाएका नम्बर एक कन्टेन्टलाई स्थान दिने नीति अन्तर्गत नै इन्द्रेणीलाई प्राइमटाइम दिएर प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *