विदेश

बाइडेनले अन्तरिम प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्छन्ः राष्ट्रपति ट्रम्प

हिमालय टिभी
२०७७ मंसिर ९ गते ८:३५
बाइडेनले अन्तरिम प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्छन्ः राष्ट्रपति ट्रम्प

९ मंसिर, २०७७ न्युयोर्क । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले अन्ततः बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा चलाउन सक्ने बताएका हुन् ।

ट्रम्पले चुनावमा धाँधलीविरुद्धको लडाईमा विश्वास राख्न अपिल गर्दै सत्ता हस्तान्तरणको प्रक्रियाका लागि गर्नुपर्ने सबै काम गर्न जीएसए तथा आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन् ।

अन्तरिम प्रशासनले सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले बाइडेनलाई राष्ट्रपतिमा स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताएको छ ।

त्यसअघि उनको अन्तरिम प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट पाउनु पर्छ । जिएसएकी प्रमुख एम्ली मर्फीले अन्तरिम प्रशासनलाई पहुँच दिइने सम्बन्धी पत्र बाइडेन प्रशासनलाई पठाएकी छिन् ।

त्यस्तै अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम निकासासमेत भएको छ । यसअघि बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सरकारी सूचना तथा कोषमा ट्रम्प प्रशासनको सहयोगबिनै अन्तरिमकालको काम थालेका थिए ।

नवनिर्वाचित राष्ट्रपति बाइडेनले आउने जनवरी २० तारिखमा अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिंदै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *