विदेश

बेलायतमा सामूहिक कोरोना परीक्षण गर्ने प्रधानमन्त्री जोनसनको घोषणा

हिमालय टिभी
२०७७ मंसिर ९ गते ८:२३
बेलायतमा सामूहिक कोरोना परीक्षण गर्ने प्रधानमन्त्री जोनसनको घोषणा

९ मंसिर, २०७७ लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामूहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् ।

कोरोना संक्रमण बढी देखिएका क्षेत्रलाई केन्द्रीत गर्दै आम परीक्षण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । सरकारको ‘कोभिड विन्टर प्लान’ अन्तर्गत सेनाको सहयोगमा परीक्षणलाई बढाउन लागिएको पनि प्रधामन्त्रीले जानकारी दिए ।

अत्याधिक धेरै संक्रमित रहेको लिभरपुलमा यसै महिना व्यापक परीक्षण गरिएको र कोरोना संक्रमण न्यूनिकरण गर्न सफल भएको प्रधानमन्त्रीको भनाइ छ ।

त्यस्तै देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने शहरमा सरकारले संक्रमितको सम्पर्कमा आएका सबैलाई दैनिक रूपमा परीक्षण गराउने र संक्रमण पुष्टि भएका मानिसलाई तत्काल क्वरेण्टीनमा पठाउने योजना बनाएको बताए ।

यो अभियान र प्रयोग सफल र प्रभावकारी भएमा यसलाई देशव्यापी बनाउने योजना रहेको बेलायती राष्ट्रिय स्वास्थ्य सेवाले जनाएको छ । यस अभियानलाई आउने जनवरीदेखि कार्यान्वयनमा ल्याउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *