विदेश

विश्वव्यापी यात्रामा क्युआर कोड प्रयोग गर्ने संयन्त्रण आवश्यकः चीन

हिमालय टिभी
२०७७ मंसिर ८ गते १३:५२
विश्वव्यापी यात्रामा क्युआर कोड प्रयोग गर्ने संयन्त्रण आवश्यकः चीन

८ मंसिर, २०७७ बेइजिङ । चीनले विश्वव्यापी यात्रामा क्यू आर कोडको प्रयोग गर्ने संयन्त्र बनाउने बेला आएको बताएको छ ।

राष्ट्रपति सी जिङफिङले मानिसको आवागमनलाई व्यवस्थित र अवरोधरहित यात्रा गराउनका लागि क्यू आर कोड उपयुक्त रहेको बताएका हुन् ।

सो कोडमा मानिसको आधारभूत विवरणदेखि स्वास्थ्य अवस्थाको तथ्यांक पनि समावेश हुनेछ । तर, मानवअधिकारवादीहरुले भने यो राजनैतिक निगरानीका लागि प्रयोग हुन सक्ने चेतावनी दिएका छन् ।

गत साता भएको जी ट्वेन्टीको बैठकमा पनि चिनियाँ राष्ट्रपतिले क्यू आर कोडको बारेमा उल्लेख गरेका थिए । उनले यो संयन्त्रमा धेरै देशहरु सामेल हुने पनि राष्ट्रपति सीको भनाइ छ । सो कोड मोबाइलमा पनि सहजै पढ्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *