विदेश

कुकुरको पराक्रमः एउटा गर्भवती कुकुरले यसरी चार जनाको ज्यान बचायो

हिमालय टिभी
२०७७ मंसिर ७ गते १५:१५
कुकुरको पराक्रमः एउटा गर्भवती कुकुरले यसरी चार जनाको ज्यान बचायो

७ मंसिर, २०७७, मस्को । रुसमा एउटा भवनमा आगलागी भएपछि एउटा कुकुरले गरेको चमत्कारका कारण चार जना बाँच्न सफल भएका छन् ।

रुसको लेनिनग्राद भन्ने स्थानको एउटा सानो अस्पतालमा आगलागी भएपछि उक्त कुकुरले भवनभित्र पसेर इमर्जेन्सी अलार्म बजाएको थियो । जसका कारण अग्नी नियन्त्रकहरु समयमै घटनास्थलमा पुगेर चार जना बिरामीको जीवितै उद्धार गर्न सफल भए ।

यो काम गर्दा कुकुरका अंग भने जलेका छन् । आगो र कार्वमोनो अक्साइडका कारण घाइते भएको कुकुरलाई स्वयंसेवकहरुले उद्धार गरेका थिए ।

कुकुरको मुख, घाँटी, पेट लगायत अंगहरु जलेका छन् । गर्भवती सो कुकुरको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *