विदेश

शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा रोकिँदैनः नवनिर्वाचित राष्ट्रपति बाइडेन

हिमालय टिभी
२०७७ कार्तिक २६ गते ८:२७
शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा रोकिँदैनः नवनिर्वाचित राष्ट्रपति बाइडेन

२६ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले शक्ति हस्तान्तरण कुनै पनि अवस्थामा नरोकिने बताएका छन् ।

सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले शक्ति हस्तान्तरण नरोकिने बताएका हुन् । गृहराज्य डेलवरको विलमिङ्गटनमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको उनले बताए । तर उनले जनवरी २० को शपथको दिनलाई लक्षित गरेर अन्ततः राम्रो दिन आउने उल्लेख गरे ।

आफूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, आइरिस प्रधानमन्त्री माइकल मार्टिन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन तथा जर्मन चान्सलर एंगेला मार्केलसहितसँग कुराकानी गर्दै अमेरिका पुनः विश्व मञ्चमा फर्किएको जानकारी गराएको बताए ।

बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले अन्तरिमकालको काम थाल्ने प्रयास गरेका छन् । तर ट्रम्प प्रशासनले यसका लागि सहज वातावरण नबनाएको बताइएको छ ।

हरेक चार वर्षमा हुने निर्वाचनको अमेरिकी सञ्चारमाध्यमले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी उम्मेदवारको नाम घोषणा गर्छन् । तर औपचारिक नतिजा स्वीकृत हुन केही समय लाग्छ ।

राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ तारिखमा प्रमाणिकरण गर्छन् । नोभेम्बर ३ तारिखमा सम्पन्न निर्वाचनमा बाइडेनले अहिलेसम्म ५० राज्य मध्ये ४६ राज्यमा घोषित परिणाम अनुसार २ सय ७९ इलेक्टोरल कलेज मत जितिसकेका छन् ।

त्यस्तै बाइडेनले अधिकांश राज्यमा अग्रता कायमै राखेका छन् । कूल ५ सय ३८ मध्ये निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मतको आवश्यकता हुन्छ । उता हार स्वीकार नगरेका ट्रम्पले धाँधलीको आरोप लगाउँदै कानूनी प्रक्रिया थालेका छन्। ट्रम्पले ट्वीटमार्फत अन्ततः आफूले जित्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *