विदेश

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा अझै ढिला आउने, बाइडनको अग्रता कायमै

हिमालय टिभी
२०७७ कार्तिक २२ गते ७:५९
अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा अझै ढिला आउने, बाइडनको अग्रता कायमै

२२ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम घोषणामा अझै ढिलो गरी आउने भएको छ ।

कोरोना संक्रमणका कारण यस पटकको निर्वाचनमा हुलाक र मेलबाट आएका मतपत्र गणनामा समय लागेपछि नतिजा घोषणा हुन सकेको छैन ।

पछिल्लो अपडेट अनुसार डेमोक्रेटिक उम्मेद्वार जो बाइडनले अग्रता कायमै राखेका छन् । उनले जितका लागि मुख्य राज्य मानिएका एरिजोना, जर्जिया, पेन्सेल्भेनिया र मिचिगनमा अग्रता कायमै राखेका छन् ।

तर रिपब्लिकन उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । ५० मध्ये ४४ राज्यको नतिजा घोषणा भएको छ । बाइडनले कूल ५ सय ३८ इलेक्टोरल मत मध्ये २ सय ५३ मत पाएका छन् भने ट्रम्पले अहिलेसम्म २ सय १४ इलेक्टोरल मत पाएका छन् ।

आफूले बैध मतले जितिसकेको तर विपक्षीले अवैध मत गणना गरेर हराउन लागेको ट्रम्पले दाबी गरेका छन् । उनले हुलाकमार्फत आएका मतको गणना रोक्नुपर्ने माग गरेका छन् ।

कानूनी प्रक्रिया जारी रहेकाले राष्ट्रपति कार्यालयमा गलत तरीकाले दाबी नगर्न ट्रम्पले बाइडनलाई चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *