विदेश

अमेरिकी राष्ट्रपतिको दौड रोमाञ्चक मोडमा, ट्रम्पलाई धक्का

हिमालय टिभी
२०७७ कार्तिक २० गते १९:५१
अमेरिकी राष्ट्रपतिको दौड रोमाञ्चक मोडमा, ट्रम्पलाई धक्का

२० कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपतिको दौड रोमाञ्चक बनेको छ । निर्णायक मानिएको मिसिगन राज्यमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले जीतेपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का लागेको छ ।

५० मध्ये अहिलेसम्म ४३ राज्यको नतिजा घोषणा भएको छ । बाइडनले कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ४३ जम्मा गरेका गरेका छन् ।

प्रतिष्पर्धी ट्रम्पले अहिलेसम्म २ सय १४ इलेक्टोरल मत पाएका छन् । बाइडनले पछिल्लो पटक मिसिगनमा साँघुरो जीत निकालेर १६ इलेक्टोरल मत थपेका हुन् । उनी अब एरिजोना, विस्किन्सन र नेवाडामा अघि छन् । अग्रता लिएका यी तीन राज्यमा २७ इलेक्टोरल मत छ ।

यो मत ल्याउन सके बाइडन अमेरिकाको राष्ट्रपति निर्वाचित हुनेछन् । अमेरिकामा राष्ट्रपति छानिन २ सय ७० इलेक्टोरल मत आवस्यक पर्छ । त्यसवाहेक बाइडनले पेन्सेल्भेनियामा पनि जीतको अपेक्षा गरेका छन् । यद्यपि त्यहाँ ट्रम्पको अग्रता छ । त्यसवाहेक अलास्का, नर्थ क्यारोलिना र जर्जियामा पनि ट्रम्पले अग्रता बनाएका छन् ।

बाइडनले आफु विजयी हुने निश्चित देखिएको दाबी गर्दै अमेरिकालाई थप एकतावद्व बनाउने बताएका छन् ।

ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनः मतगणनाको माग राखेका छन्। ट्रम्पले पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण पेश गरेका छैनन् । एरिजोना राज्यमा पनि ट्रम्पका समर्थकले प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *