विदेश

अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै, प्रतिस्पर्धामा ट्रम्प र वाइडन

हिमालय टिभी
२०७७ कार्तिक १८ गते ७:३१
अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै, प्रतिस्पर्धामा ट्रम्प र वाइडन

१८ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

मत सर्वेक्षणलाई मान्ने हो भने डेमोक्रयाट उम्मेद्धवार बाइडन वर्तमान राष्ट्रपति ट्रम्पभन्दा अघि छन् । कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मतदाताको सङ्ख्या २४ करोड छ ।

अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाक र अर्लि भोटिङ्ग मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले निर्वाचनमा सहभागिता जनाउने अनुमान गरिएको छ । आज हुने निर्वाचनमा संसदको स्वरुप पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट छ । उता तल्लो सदन भनेर चिनिने कंग्रेसका ४ सय ३५ मध्ये डेमोक्र्याटको २ सय ३२ सिट सहित वर्चस्व छ ।

यसपटक सिनेटको ३३ र कंग्रेसको सबै सिटका चुनाव हुँदैछ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको मात्रै चुनाव हुने गरेको छ भने कंग्रेसको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *