विदेश

बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउन घोषणा

हिमालय टिभी
२०७७ कार्तिक १६ गते ७:४७
बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउन घोषणा

१६ कात्तिक, २०७७ लण्डन । बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा भएको छ ।

कोरोना महामारीको दोस्रो लहरले अवस्था थप जटिल हन थालेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेका हुन् ।

स्वास्थ्य सेवाको रक्षा तथा एनएचएसमा नैतिक विपत्तिको अवस्था आउन नदिन पुनः लकडाउन घोषणा गर्नु परेको प्रधानमन्त्री जोन्सनले बताए ।

यस वर्षको क्रिसमस पर्व प्रभावित हुन सक्ने बताउँदै अहिलेदेखि नै प्रयास शुरु गरिएकाले परिवारका सदस्य जम्मा हुन सक्ने अवस्था आउने अपेक्षा रहेको उल्लेख गरे ।

यस अविधमा पब, रेष्टुरेन्ट, जिम तथा अन्य गैर अत्यावश्यक बाहेकका पसल बन्द रहने छन् । तर शैक्षिक संस्था भने खुल्ने छन् । महामारीको पहिलो लहरका बेला लागू लकडाउनमा शैक्षिक संस्था समेत बन्द भएका थिए ।

डिसेम्बर २ पछि प्रतिबन्धहरु केही फुकुवा हुने उनले बताए । लकडाउनका कारण व्यवसायमा पर्ने असरप्रति माफी माग्दै जीवन रक्षाका लागि बाध्य भएर निर्णय लिनु परेको उल्लेख गरेका छन् ।

८० प्रतिशत कामदारको पारिश्रमिक सरकारले प्रदान गर्ने सुविधा नोभेम्बरसम्मै जारी रहने उनले बताए । संक्रमणदर अति कम रहेको दक्षिण पश्चिम लण्डनका अस्पताल समेत भरिभराउ भएको उनको भनाइ छ ।

बेलायतमा संक्रमितको संख्या १० लाख ७४ हजार भन्दा बढी हुँदा अहिलेसम्म ४६ हजार ५ सय भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *