विदेश

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

हिमालय टिभी
२०७७ कार्तिक १५ गते ७:३९
टर्की र ग्रीसमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या २२ पुग्यो

१५ कात्तिक, २०७७ टर्की । टर्की र ग्रीसमा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुने संख्या २२ पुगेको छ ।

शक्तिशाली भूकम्पका कारण अहिलेसम्म टर्कीमा २० र ग्रीसमा २ जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी प्रभावित टर्कीको इजमिर प्रान्तको ट्रिमोर शहरमा २० जनाको मृत्यु हुनुका साथै झण्डै ८ सय जना घाइते भएको बताइएको छ ।

भूकम्पका कारण इजमिरका धेरै घरहरु भत्किएका छन् भने विपद् प्रवर्द्धन विभागले उद्धार र राहत कार्य जारी रहेको बताएको छ । भूकम्पको केन्द्रविन्दु टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस द्बीप नजिक रहेको जनाइएको हो ।

अमेरिकी जियोलोजिकल सर्वेले ७ रेक्टर स्केलको भूकम्प गएको बताउँदा टर्कीले भूकम्पको धक्का ६ दशमलव ६ रहेको जनाएको छ ।

भूकम्पको धक्का ग्रिसको एन्थेसदेखि टर्कीको इस्तानबुलसम्म महसुस गरिएको थियो । उद्धार र राहत कार्य जारी रहेका कारण मृतक तथा घाइतेको संख्या बढ्न सक्ने टर्कीस सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पपछि ग्रीस सरकारले सामोस द्विपमा बसोबास गर्ने सबै ४५ हजार नागरिकलाई समुद्री तटबाट टाढा जान चेतावनी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *