विदेश

विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ५ लाख ४५ हजार बढीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ कार्तिक १४ गते ८:०९
विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ५ लाख ४५ हजार बढीमा कोरोना संक्रमण

१४ कात्तिक, २०७७ काठमाडौं । पछिल्लो पटक विश्वभर कोरोना संक्रमित हुनेको संख्या हालसम्मकै उच्च रहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै ५ लाख ४५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यसअघि बुधबार मात्रै ५ लाख ७ हजार भन्दा बढी संक्रमित भएका थिए ।

पछिल्लो पटक सबैभन्दा बढी अमेरिकामा ९१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भारतमा ४९ हजार तथा ब्राजिलमा २६ हजार भन्दा बढी संक्रमित थपिए । पछिल्लो समय अमेरिका र भारतमा दैनिक संक्रमितको संख्या उच्च रहेको छ ।

अमेरिकामा संक्रमित संख्या ९२ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८० लाख तथा ब्राजिलमा ५४ लाख भन्दा बढी पुगेका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ५३ लाख भन्दा बढी रहेका छन् ।

यस्तै बिहिबार विश्वभर ७ हजार भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी १ हजार ४७, भारतमा ५ सय ६८ तथा ब्राजिलमा ५ सय ६५ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाबाट विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ८५ भन्दा बढी रहेको छ । उता विश्वभर कोरोना संक्रमणमुक्त हुने मानिस ३ करोड २९ लाख भन्दा बढी पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *