विदेश

कोरोना महामारी अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्युएचओको चेतावनी

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १३:१६
कोरोना महामारी अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्युएचओको चेतावनी

११ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।

डब्ल्युएचओ महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही देशहरू खतरनाक बाटोमा रहेको बताएका छन् ।

यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका देश कठिन अवस्थामा रहेको भन्दै चेतावनी दिएको थियो। उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित रहेको छ ।

अमेरिकी चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोना भाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए।

कोरोना भाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने पनि गेहब्रेयससले बताए। अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरे पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने डब्ल्युएचओले जनाएको छ ।

कोरोनाभाइरसविरुद्धको लडाइँमा हार नखान पनि उनले विश्वभरका सरकारलाई अपिल गरेका छन् । संक्रमण बढिरहेको भएपनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने डब्ल्युएचको दृढता छ।

यद्यपि भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने उनले बताए । हालसम्म विश्वभर कोरोनाबाट ४ करोड ३७ लाखभन्दा बढी मानिस प्रभावित हुँदा ११ लाख भन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *