विदेश

पाकिस्तानमा धार्मिक स्कुलमा बम विष्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ११ गते १३:१३
पाकिस्तानमा धार्मिक स्कुलमा बम विष्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु

११ कात्तिक, २०७७, इस्लामावाद । पाकिस्तानको एक धार्मिका स्कुलमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । पेशावरमा भएको विष्फोटमा सय जनाभन्दा बढी घाइते भएका छन् ।

ज्यान गुमाउने अधिका‌ंश २० देखि ३० वर्षका युवा रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये कयौं बालबालिका छन् ।

विष्फोटका बेला मदरसामा एक हजार विद्यार्थी रहेको जीओ टीभीले जनएको छ । बम आक्रमण कसले गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन ।

टाइम बम विष्फोट गराइएको प्रहरीलाई उधृत गर्दै अन्तर्राष्टिय संचार माध्यमले जनाएका छन् । यसअघि पनि छ बर्ष पहिला पेशावरमै भएको विष्फोटमा १५० भन्दा बढी बालबालिकाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *