विदेश

सिरियामा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा ५० टर्की समर्थित लडाकुको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ११ गते ७:५०
सिरियामा रुसले गरेको हवाई आक्रमणमा कम्तीमा ५० टर्की समर्थित लडाकुको मृत्यु

११ कात्तिक, २०७७ सिरिया । सिरियामा भएको रुसी हवाई आक्रमणमा कम्तिमा ५० टर्की समर्थित लडाकुको मृत्यु भएको छ ।

उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसको हवाई आक्रमणमा ५० जनाभन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु हुनुका साथै दर्जनौं लडाकु घाइते भएको बताइएको छ ।

उता बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले मृतक संख्या ७८ रहेको बताएको छ । रुसी आक्रमण पश्चात सो क्षेत्रमा थप हिंसा बढ्ने अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसले फायलाक अल शाम नामक संगठनको प्रशिक्षण स्थल लक्षित आक्रमण गरेको बताइएको छ । रुसी आक्रमण पश्चात इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको संघर्षविराम भंग हुने खतरा बढेको छ ।

गत मार्चमा युद्धविराम भएयताको यो अहिलेसम्मकै ठूलो आक्रमण हो । संघर्षविराम पश्चात सिरियाली सेनाले त्यस क्षेत्रमा आक्रमण बन्द गरेको थियो ।

युद्धका क्रममा त्यस क्षेका दश लाख भन्दा मानिस पलायन भैसकेका छन् । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षको समर्थन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *