विदेश

अफगानिस्तानमा भएको बम विष्फोटमा १८ जनाको मृत्यु

हिमालय टिभी
२०७७ कार्तिक ९ गते ७:३७
अफगानिस्तानमा भएको बम विष्फोटमा १८ जनाको मृत्यु

९ कात्तिक, २०७७ काबुल । अफगानिस्तानमा एक अध्ययन केन्द्रको बाहिर भएको विष्फोटमा १८ जनाको मृत्यु भएको छ ।

राजधानी काबुलमा निजी अध्ययन केन्द्र बाहिर गराइएको आत्मघाती बम विष्फोटमा कम्तिमा १८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको अफगानी अधिकारीहरूले बताएका छन्।

निजी शैक्षिक संस्था लक्षित विष्फोट गराइएको अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीले बताएका छन् ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विभिन्न विषयको अध्यापन गराउने निजी शैक्षिक संस्थामा विष्फोट भएको हो । शिया मुसलमानको बाहुल्यता रहेको दास्त ए बार्चीमा रहेको अध्ययन केन्द्रमा सयौं विद्यार्थी अध्ययनरत थिए ।

घाइते मध्ये केही गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इस्लामिक स्टेट, आइएसले आक्रमणको जिम्मा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *