विदेश

भियतनाममा पहिरोमा सैनिक ब्यारेक पुरियो, २२ बेपत्तामध्ये ११ जनाको शव फेला

हिमालय टिभी
२०७७ कार्तिक २ गते १७:३८
भियतनाममा पहिरोमा सैनिक ब्यारेक पुरियो, २२ बेपत्तामध्ये ११ जनाको शव फेला

२ कात्तिक, २०७७ भियतनाम । भियतनाममा भिषण वर्षापछि आएको पहिरोमा सैनिक ब्यारेक नै पुरिएको छ ।

ब्यारेकमा २२ जना सैनिक थिए, जसमध्ये एघार जनाको शव भेटिएको छ भने अरु एघार जना हराइरहेका छन् ।

भियतनामका धेरै ठाउँमा भिषण वर्षा हुँदा बाढी पनि अएको छ । पछिल्लो एक सातादेखि वर्षा भइरहेको छ । जसका कारण ७० जनाले ज्यान गुमाइसकेका छन् ।

अझै केही दिन वर्षा हुन सक्ने भन्दै मानिसहरुलाई सुरक्षित स्थानमा रहन निर्देशन दिइएको छ । लगातारको वर्षाका कारण उद्धार कार्यमा समेत कठिनाइ भइरहेको छ ।

दुई दिनअघि एउटा जलविद्युत आयोजनामा पहिरो खस्दा धेरै मजदुर फसेका थिए । उनीहरुको उद्धारमा गएका १३ सदस्यीय टोलीका धेरै जसो सदस्यको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *