कला/मनोरञ्जन

चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ को मुख्य प्रायोजन ओपोले गर्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ३० गते १९:२१
चर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–३ को मुख्य प्रायोजन ओपोले गर्ने (भिडियोसहित)

३० असोज, २०७७ काठमाडौं । हिमालय टेलिभिजन एचडीको बहुचर्चित रियालिटी शो द भ्वाइस अफ नेपालको तेश्रो सिजनलाई ओपोले प्रमुख प्रायोजन गर्ने भएको छ ।

यससम्बन्धी सम्झौतामा ओपो नेपालका ब्राण्ड निर्देशक, पियरसन शेनल र हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले हस्ताक्षर गर्नुभएको छ ।

गायनसम्बन्धी रियालिटी द भ्वाइस अफ नेपालले नयाँ प्रतिभालाई दर्शकसामू आफ्नो गायन कला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्दै आएको छ ।

नेपाली कला उद्योगकै लागि एक कोशेढुङगाका रुपमा स्थापित हुन सफल द भ्वाइस अफ नेपालको तेश्रो सिजनमा सहभागी हुनका लागि हजारौँ प्रतिस्पर्धी उत्साहित छन् ।

यस्तो लोकप्रिय कार्यक्रममा सहकार्य गर्न पाउनु विश्वकै अग्रणी स्मार्ट फोन ओपोका लागि खुशीको विषय रहेको ओपो नेपालका ब्राण्ड निर्देशक पियरसन शेनले बताउनुभयो ।

हिमालय टेलिभिजन एचडीले अहिले अर्को रियालिटी शो डान्सिङग विथ द स्टार्स प्रशारण गरिरहेको छ ।

यसको फाइनल सकिएपछि द भ्वाइस अफ नेपाल शुरु हुने हिमालय टेलिभिजन एचडीका अध्यक्ष धर्मराज भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *