कला/मनोरञ्जन

बलिउड स्टार सञ्जय दत्तलाई क्यान्सर

हिमालय टिभी
२०७७ असोज ३० गते १३:३५
बलिउड स्टार सञ्जय दत्तलाई क्यान्सर

बलिउड स्टार सञ्जय दत्तलाई क्यान्सर भएको छ ।

उनले आफ्नो इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै आफूलाई क्यान्सर भएको जानकारी दिएका हुन् । ६१ वर्षे दत्तले छिटै यो रोगलाई परास्त गर्ने पनि बताएका छन् ।

फोक्सोको क्यान्सर भएको भन्ने चर्चा चलिरहे पनि उनले त्यसको बारेमा केही पनि स्पष्ट परोका छैनन् । दत्तलाई स्वास फेर्न गाह्रो भएपछि गत अगष्टमा कोभिड नाइन्टिन परीक्षण पनि गरिएको थियो । रिपोर्ट भने नेगेटिभ आएको थियो ।

बलिउडका एक सय ५० भन्दा बढी चलचत्रिमा अभिनय गरिसकेका दत्तले नोभेम्बरबाट नयाँ चलचित्रको सुटिङ थाल्ने पनि बताए ।

उनी र उनकी पत्नी मान्यताले फ्यानका लागि जारी गरेको छुट्टाछुट्टै विज्ञप्तिमा चिन्ता गर्नु पर्ने स्थिती नभएको उल्लेख गरेका छन्।
दत्त परिवारका दुई जना सदस्यको मृत्यु क्यान्सरबाट भइसकेको छ ।

उनकी आमा नर्गिसको सन् १९८१ म प्यानक्रियाटिक क्यान्सरबाट निधन भएको थियो । पहिलो श्रीमति रिचा शर्माको पनि मस्तिस्क क्यान्सरबाट निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *