विदेश

कोरोना संक्रमण बढेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागू

हिमालय टिभी
२०७७ असोज २८ गते ९:२५
कोरोना संक्रमण बढेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागू

२८ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागू हुन थालेका छन्।

युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेका कारण लकडाउन लगायत प्रतिबन्धात्मक उपाय लागू भएका छन् ।

चेक गणतन्त्रमा तीन हप्ताका लागि आंशिक लकडाउन लागू गरिएको छ । यस अवधिमा विद्यालय, बार, क्लब तथा सामूहिक भेलामा प्रतिबन्धित भएका छन् ।

युरोपमा रहेका एक लाखमा सबैभन्दा बढी संक्रमण दर भएको देश चेक गणतन्त्र हो ।

यस्तै नेदरल्याण्डसमा यसअघि नै आंशिक लकडाउन लागू गरिनुका साथै त्यहाँ सार्वजनिक तथा सार्वजनिक इनडोर स्पेसमा मास्क अनिवार्य गरिएको छ ।

यस्तै युरोपका अधिकांश देशमा कोरोनाका बिरामी अस्पताल भर्ना हुने दर तीव्र गतिमा बढेको छ। फ्रान्समा संक्रमण बढ्दै जाँदा पेरिसका अस्पतालमा ९० प्रतिशत आइसियू बेडहरु भरिन थालेका छन् ।

जर्मनी तथा बेलायतमा पनि संक्रमण बढिरहेको छ । बेलायतले तीन चरणका प्रतिबन्धात्मक उपाय लागू गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *