विदेश

अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने

हिमालय टिभी
२०७७ असोज २४ गते ८:४४
अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने

२४ असोज, २०७७ अमेर्निया । अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविराम हुने भएको छ ।

रूसी हस्तक्षेपपछि युद्धरत अर्मेनिया र अजरबैजानबीच अस्थायी युद्धविरामका लागि तयार भएका हुन्। रसियाका विदेशमन्त्री सर्गेई लाव्रेभले दुई देश अस्थायी युद्धविरामका लागि तयार भएको जानकारी दिएका छन्।

रूसको मध्यस्थतामा अजरबैजान र अर्मेनियाका अधिकारीहरुबीच मस्कोमा १० घण्टा भन्दा लामो समय छलफल भएको थियो। तर छलफलमा सहमति नजुट्दा रूसले हस्तक्षेप गरेपछि दुबै युद्धविराम गर्न राजी भएको आताइएको छ।

युद्धविराम शुरू भएपछि दुबै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्काले युद्धबन्दी बनाएका सैनिक आदान(प्रदान गर्नेछन्। विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न पूर्व सोभियत संघका दुई गणराज्यबीच गएको सेप्टेम्बर २७ तारिखदेखि युद्ध शुरू भएको थियो ।

युद्धका क्रममा अहिलेसम्म तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारणको मृत्यु भैसकेको तथा हजारौं विस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

नागोर्नो काराबाख क्षेत्र अजरबैजानको आधिकारिक भूमि हो । तर सन् १९ सय ९४ मा अन्त्य भएको युद्धपछि यस क्षेत्रमा अर्मेनियाले कब्जा गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *