विदेश

विश्व खाद्य कार्यक्रमलाई यो वर्षको नोबेल शान्ति पुरस्कार

हिमालय टिभी
२०७७ असोज २३ गते १६:०२
विश्व खाद्य कार्यक्रमलाई यो वर्षको नोबेल शान्ति पुरस्कार

२३ असोज, २०७७ काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)लाई प्रदान गरिने भएको छ ।

द नर्वेजियन नोबेल कमिटीले डब्ल्युएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो ।

कमिटीले भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि डब्ल्युएफपीलाई पुरस्कार दिने निर्णय गरेको जनाएको छ ।

पुरस्कारबापत डब्ल्युएफपीले १ करोड नर्वेजियन क्रोनर पाउनेछ । यस अघि सहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिने घोषणा गरिएको छ ।

त्यस्तै रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई दिइएको छ । भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार तीन वैज्ञानिक र चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार तीन जना डाक्टरलाई दिने घोषणा गरिएको छ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *