विदेश

विश्वभर एकैदिन ३ लाख ४२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज २२ गते ७:२९
विश्वभर एकैदिन ३ लाख ४२ हजार बढीमा कोरोना संक्रमण पुष्टि

२२ असोज, २०७७ काठमाडौं । पछिल्लो समय विश्वमा हालसम्मकै बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा विश्वभर ३ लाख ४२ हजार भन्दा बढी कोरोनाका संक्रमित थपिएका हुन् । यसअघि अक्टोबर एक तारिखमा एकैदिन सबैभन्दा बढी ३ लाख २५ हजारभन्दा बढीमा संक्रमण भएको थियो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी भारतमा ७८ हजार भन्दा बढी मानिस संक्रमित भए । यस्तै अमेरिकामा ४८ हजार तथा ब्राजिलमा ३१ हजार भन्दा बढीमा संक्रमण भएको छ ।

अमेरिकामा संक्रमित संख्या ७७ लाख भन्दा बढी हुँदा भारतमा ६८ लाख तथा ब्राजिलमा पचास लाख भन्दा बढीमा संक्रमण भैसकेको छ ।

यस्तै बुधबार विश्वभर ५ हजार भन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा बढी ९ सय ६३, अमेरिकामा ९ सय ११ तथा ब्राजिलमा ७ सय ३३ जनाको मृत्यु भएको छ ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६० हजार नजिक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *