विदेश

अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

हिमालय टिभी
२०७७ असोज २१ गते १७:०५
अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

२१ असोज, २०७७ स्वीडेन । यो वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी र फ्रेञ्च वैज्ञानिकलाई दिइने भएको छ।

कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको प्यानलले वैज्ञानिक इमानुएल चार्पेनटिएर र जेनिफर डोउडनालाई यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

दुवैलाई जिनोम एडिटिङ्गको तरिका विकास गरेकोमा रसायनशास्त्रको नोबेल पुरस्कार दिइएको छ । नोबेल पुरस्कार विजेता इमानुएल चार्पेनटिएर फ्रेन्च अनुसन्धानकर्ता हुन् भने जेनिफर डोउडना अमेरिकी अनुसन्धानकर्ता हुन् ।

यसअघि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक रोजर पेनरोज, रेइनहार्ड गेन्जेल र आन्द्रे गेन्जेललाई दिने घोषणा गरिएको थियो ।

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार डाक्टरहरु हार्भे जे अल्टर, माइकल हंगटन र चार्लिज एम राइसलाई दिने घोषणा गरिएको थियो ।

नोबेल पुरस्कार रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी र फ्रेञ्च वैज्ञानिकविजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *