विदेश

भारतमा आफ्नो काम बन्द गर्ने एमनेस्टी इन्टरनेशनलको निर्णय

हिमालय टिभी
२०७७ असोज १३ गते १४:२६
भारतमा आफ्नो काम बन्द गर्ने एमनेस्टी इन्टरनेशनलको निर्णय

१३ असोज, २०७७ नयाँ दिल्ली । अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले भारतमा काम बन्द गरेको छ।

सरकारले प्रतिशोध साँधेका कारण यो स्थिति आएको एमनेस्टीको भनाइ छ । विदेशी चन्दासम्बन्धी कानून उल्लंघन गरेको आरोप लगाउँदै भारत सरकारले एमनेस्टीको बैंक खाता रोक्का गरेको थियो ।

लगत्तै एमनेष्टीले भारतमा सबै कार्यालय बन्द गर्ने घोषणा गरेको हो । खाता रोकिएपछि संगठनको अघिकांश काम ठप्प भएको एमनेस्टीले जनाएको छ।

भारत सरकारले मानवाधिकारवादी संगठनविरुद्ध अभियान नै सञ्चालन गरेको आरोप लगाउँदै एमनेस्टीले सरकारले नियतवश आधारहीन आरोप लगाएको बताएको छ ।

गतमहिना जारी एक रिपोर्टमा एमनेस्टीले दिल्लीमा भएको पछिल्लो हिन्दुमुस्लिम दंगामा प्रहरी र सरकारको भूमिकामाथि प्रश्न उठाएको थियो। यसअघि सन् २००९ मा पनि भारतमा एमनेस्टीको गतिविधि केही समयको लागि रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *