विदेश

संयुक्त राष्ट्रसंघको महासभा बैठकमा चीन र अमेरिकाबीच जुहारी

हिमालय टिभी
२०७७ असोज ७ गते १३:३९
संयुक्त राष्ट्रसंघको महासभा बैठकमा चीन र अमेरिकाबीच जुहारी

७ असोज, २०७७ न्युयोर्क । अमेरिका र चीनबीच जारी तनाव संयुक्त राष्ट्रसंघको महासभा बैठकमा समेत देखिएको छ।

न्यूयोर्कमा जारी राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि कोरोना भाइरस फैलाएको आरोप लगाए । महामारीका लागि चीन जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

उता चीनका राष्ट्रपति सी जिनपिङ्गले कुनै पनि देशसँग शीत युद्धमा प्रवेश गर्ने इच्छा चीनको नरहेको बताए । राष्ट्रसंघको ७५औं महासभा कोरोना महामारीका कारण यस पटक अधिकांश रुपमा भर्च्युअल रुपमा भइरहेको छ ।

विश्वका नेताहरुले अग्रिम रुपमा रेकर्ड गरिएको सम्बोधनमार्फत महासभालाई सम्बोधन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *