विदेश

विश्वका एक प्रतिशत धनीले उत्सर्जन गर्ने कार्बन प्रदुषण करिब ३ अर्ब १० करोडले गरेभन्दा बढी

हिमालय टिभी
२०७७ असोज ६ गते ७:५४
विश्वका एक प्रतिशत धनीले उत्सर्जन गर्ने कार्बन प्रदुषण करिब ३ अर्ब १० करोडले गरेभन्दा बढी

६ असोज, २०७७ काठमाडौं । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले उत्सर्जन गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको देखिएको छ ।

पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा गिरावट आएपनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ ।

यसले गरिब तथा विकासशील देशमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ । अक्सफामको नेतृत्वमा भएको अध्ययनले सन् १९ सय ९० देखि २ हजार १५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ ।

कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो । केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले १९ सय ९० यता कूल कार्बन बजेटको नौ प्रतिशत हिस्सा ओगटेका थिए ।

स्टकहोम वातावरण इन्स्टिच्यूटले अक्सफामका लागि गरेको उक्त अध्ययन विश्लेषणले कार्बन असमानता लगातार बढेको देखाएको छ । २ हजार १५ को पेरिस जलवायु सम्झौताले मुलुकलाई वैश्विक तापमान वृद्धिलाई पूर्वऔद्योगिक स्तर भन्दा दुई डिग्री सेल्सियसभन्दा तल झार्न प्रतिबद्ध बनाएको छ ।

हालसम्म १ डिग्री सेल्सियस मात्र विश्व तापमान बढेकै अवस्थामा पनि पृथ्वीका विभिन्न भागमा वनडढेलो, सुख्खा र समुद्री सतह बढेका कारण आँधीबेहरी देखिएको छ ।

उता अक्सफामको प्रतिवेदनमाथि टिप्पणी गर्दै अफ्रिकी मुलुक चाडकी वातावरणीय अभियन्ता हिन्डो ओमारु इब्राहिमले आर्थिक समानतालाई प्राथमिकता नदिई जलवायु परिवर्तनलाई मात्र सम्बोधन गर्न नसकिने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *