विदेश

अवलोकनका लागि खुल्यो भारतको ऐतिहासिक ताज महल

हिमालय टिभी
२०७७ असोज ५ गते १३:५४
अवलोकनका लागि खुल्यो भारतको ऐतिहासिक ताज महल

५ असोज, २०७७ काठमाडौं । भारतको ऐतिहासिक ताज महल आजदेखि अवलोकनका लागि खुल्ला गरिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण बन्द भएको ताज महल ६ महिनापछि पर्यटकका लागि खुल्ला गरिएको हो ।

खुल्ला गरिए पनि ताजमहलमा दैनिक पाँच हजार पर्यटकलाई मात्र प्रवेश दिइने छ । मानव निर्मित सम्पदाहरुमा ताज महल विश्वकै आकर्षणको केन्द्र हो ।

१७औं शताब्दीमा मुल शासक शाह जहानले आफ्नी रानी मुम्ताज महलको सम्झनामा ताज महल निर्माण गरेका थिए ।

ताज महलमा शेल्फी खिच्न दिइएपनि सामूहिक तस्वीर खिच्न भने प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *