विदेश

कोरोनाको असर कम गर्ने एन्टीबडी पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी

हिमालय टिभी
२०७७ भदौ ३१ गते ७:३९
कोरोनाको असर कम गर्ने एन्टीबडी पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी

३१ भदौ, २०७७ न्युयोर्क । अमेरिकी वैज्ञानिकले कोरोना भाइरसको असर कम गर्न सक्ने एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

वैज्ञानिकहरुले अहिलेसम्मकै सबैभन्दा सानो एन्टिबडी पत्ता लगाएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्त एन्टिबडी अन्य एन्टिबडीको तुलनामा दश गुणा सानो आकारको रहेको छ । एन्टिबडीको प्रयोग एबी(एट नामक औषधि बनाउन प्रयोग गरिने जनाइएको छ ।

ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अनुसन्धानकर्ताले आफ्नो परीक्षणमा एबी(एट औषधि प्रयोग गरेको र त्यसले कोरोना भाइरसको रोकथाममा प्रभावकारी भूमिका खेलेको पाइएको उल्लेख छ ।

औषधिले शरिरको प्रतिरोधात्मक क्षमताको समेत विकास गर्ने समेत जनाइएको छ । औषधिको प्रयोगले कोरोना लागेकालाई निको बनाउनु भन्दा संक्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकको भनाइ छ ।

पछिल्लो समय अमेरिका, भारत, ब्राजिल लगायतका देशमा संक्रमण अझै नियन्त्रणमा आउन सकिरहेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *