विदेश

अफगान सरकार र र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु

हिमालय टिभी
२०७७ भदौ २७ गते १८:३७
अफगान सरकार र र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु

२७ भदौ, २०७७ दोहा । अफगान सरकार र तालिवानबीचच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु भएको छ ।

अफगानिस्तानमा दुई दशकयता जारी युद्ध अन्त्यको प्रयासका क्रममा कतारको राजधानी दोहामा वार्ता शुरु भएको हो । वार्तामा अमेरिका, भारत, कतार लगायतका मुलुकले मध्यस्थता गरेका छन् । वार्ताको उद्घाटनमा सहभागी भएका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले यो वार्तालाई ऐतिहासिक भनेका छन् ।

६ महिनाअघि अमेरिका र तालिवानबीच सुरक्षा सम्झौता भएपछि मार्चमा वार्ता शुरु गर्ने भनिएको थियो । तर कैदीलाई छाड्ने विषयमा मदभेद भएपछि ढिलाइ भएको हो ।

पछिल्लो पटक अफगान सरकारले ६ जना कैदी रिहा गरेपछि तालिवान वार्तामा बस्न सहमत भएको थियो । वार्ता सफल भए अफगानिस्तानमा लामो समयदेखि चलेको हिंसा अन्त्य हुने अपेक्षा गरिएको छ ।

सन २०११ मा अलकायदाले अमेरिकाका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि अमेरिकाले अफगानिस्तानमा हमला गरेको थियो । अलकायदालाई संरक्षण दिएको भन्दै तालिवानलाई अमेरिकी सेनाले सत्ताबाट हटाएको थियो । तर संघर्ष भने रोकिन सकेको छैन ।

यो वार्तालाई लिएर केही चिन्ता पनि देखिएको छ । महिला अधिकारवादी संगठनले तालिवानसँग सम्झौता गर्दा अफगान महिलाको अधिकार खोसिन सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *